Nabin Disturb (@Nabin_Disturb) header
Nabin Disturb (@Nabin_Disturb) profile picture

म सङ्ग जे छ त्यो मेरो पहिचान हो,स्वाभिमान हो जुन म गुमाउन चाहान्न।जीवन जीउने हजारौँ स्तरीय बाटा छन त्यसैले झुटको सहारामा रमाउन चाहान्न follow me-100%follow back

Nepal
Joined December 2017
Photo by Nabin Disturb (@Nabin_Disturb)Photo by Nabin Disturb (@Nabin_Disturb)Photo by Nabin Disturb (@Nabin_Disturb)Photo by Nabin Disturb (@Nabin_Disturb)Photo by Nabin Disturb (@Nabin_Disturb)Photo by Nabin Disturb (@Nabin_Disturb)Photo by Nabin Disturb (@Nabin_Disturb)Photo by Nabin Disturb (@Nabin_Disturb)Photo by Nabin Disturb (@Nabin_Disturb)Photo by Nabin Disturb (@Nabin_Disturb)
यो साहसको प्रतीक हो,मेरो उडाइको निसानी हो। अकाट्य भाग्यसँग संघर्षित लडाइँको निसानी हो। नठान्नु हर्नाठ फुटेको खुट्टो-हो यो माटोको मूल्य, तमाम जिवन्त वात्सल्यपुर्ण पढाइको निसानी हो।
11
55
2
224
रातभर सपनीमा देखिन्छौ। विपनीको के कुरा Dearघोप्टी यादै यादले घनीभुत छ मन! रातको यो सन्नाटामा तिमि यतिसम्म बर्षिन्छौं कि आँसु बनेर आँखाबाट झर्छौ। चुपचाप सिरानी भिज्छ अनी छतको चिसोमा पुग्छु,चारैतिर हेर्छु अनि थचक्क बसेर चिच्याउँछु मौनतामै🥹 अहो!प्रेम
3
150
आफैंलाई हेरेर ,शब्दहरू केरेर ,दिनचर्या फेरेर अनी मनले मनलाई बेरेर। म हराउँछु आफैभित्र यहीँ सम्झेर कि तिम्रो माया किन यति धेरै लाग्छ ? क्षितीजबाट डुब्दै गरेको रातो सुर्य भन्छ , माया नपाउँदा सम्म हो , अनी म भन्छु, म त पाएर पनि हराए
1
1
8
485
एक जमाना थियो, हामीलाई रोक्ने छेक्ने कोही थिएन, लाग्थ्यो जिन्दगी यसरीनै चल्छ तर आजभोलि हेर्नु त प्रिय हाम्रो परिस्थिति कस्तो छ ? सायद यही हो जीवनको कठिन क्षण प्रिय, हामीबीच दूरी केवल केही पाइलाको हुन्छ, तर बोल्न खोज्दा पूरा ब्रह्माण्डबीचमा उभिन्छ।
11
542
आजभोलि तिमी एकपल पनि म बाट छुटेको महसुस हुँदैन। आँखाले भ्याउँजेल हेर्छु, अनि साँझ? तिम्रो फोटो। हरेक काम, माम, साम मा तिम्रो तस्बिर देखिन्छ आधारातसम्म ! जबसम्म निद्रा पर्दैन, जब निद्रा पर्छ अनि तिम्रै सपनि , फरक यति हो सपनि यो उराठ विपनी भन्दा खुब गुलजार लाग्छ। #Dear _ जिन्दगी
15
483
याद छ प्रिय, गाउँले चुल्हो, धुँवाको मुस्लो, चुल्होमा तरकारी अनि भिडियो कलमा तिमि! तिमीले सिकाएको पाक कलाले मेरो मुख त अझै पनि मिठो बनाउँछ तर हरेक पटक जब म पकाउँन बस्छु यादको आँसुले मन अमिलो अनि ओठ नुनिलो बनाउँछ dear घोप्टी! के यही हो हाम्रो प्रेमको उपहार?🥹🥹
7
298
एक दुई दिन देख्न नपाउँदाको छट्पटी अनि महिनौं बोल्न नपाउँदाको पीडा, अहो! कति सार्है माया लागेको के dear घोप्टी अझ भोलिका दिनहरू, वर्षौ देख्न, भेट्न अनी बोल्न नपाउने क्षणहरु कति कठिन होलान् मेरो लागि? सम्झिँदै खिन्न हुन्छु प्रिय बाँच्ने चाहनै हराएर जान्छ के हामी सङ्गै हुन् मिल्दैन?
1
9
442
तिम्रो एक मुस्कानमा म स्वर्गत्व महसुस गर्छु। तिम्रो एक नजरमा म अपनत्व महसुस गर्छु। आखिर यही त हो प्रेम, Dear_घोप्टी तिमीलाई हेरेर तिमीमै हराउनु आहा! आजको दिन म त तिम्रो एक झलकमै जीवन अर्पिन सक्ने रैछु। दुनियाँको के कुरा!
1
10
482
परिस्थितिले बनाएको अदृश्य पर्खाल पनि यति ठूलो र बलियो हुँदोरहेछ कि, एक मिटर पनि हजारौं माइलको दुरीझै लाग्दो रैछ dear घोप्टी, अर्को ध्रुवमा रहेका अन्जान मान्छेसँग क्षणभरमा बोल्न सकिन्छ तर छेउमै रहेकी तिमिसँग एक शब्द फुट्दैन फुट्छ त केवल छातीमा भक्कानो 🥹🥹🥹
4
320
प्रिय रात जति शान्त हुन्छ, तिम्रो सम्झना त्यति नै ठूलो आवाजमा बोल्छ। सबै निदाएपछि पनि एउटा मन जागिरहन्छ—तिमिलाई सम्झेर। प्राय निद्रा आउँदैन Dear घोप्टी! किनकि आँखाले होइन, यो छटपटी, यो पीडाको बीचमा पनि मनले तिमिलाई खोजिरहेको हुन्छ। खोजिरहेको हुन्छ🥹🥹
2
279
सम्झनाका तरेलीहरुले कहीँ गए पनि छोड्दा रहेनछन् प्रिय! यो के मन बस्यो खोइ तिमीमा? जति भुलाउन खोज्छु झन् सम्झिन्छु यता भजन उता भजन चारैतिर रमझम! तै पनि तिम्रो याद कति आउन सकेको के Dear _घोप्टि।
3
204
अगाडि बढेका पाइला रोकिन्छन, अनि तिम्लाई हेर्ने नजर अन्तै ठोकिन्छन्। मनमा तिमि,जीवनमा अरू! गुप्त प्रेममा जासूस दुनियाँ हुन त दिल तिम्रोनि जल्दो हो तर बाध्यता, विवशताको अगाडि निरीह छौँ हामी! DEAR घोप्टी, नजिक भएरनि अपरिचितझैँ हुनुको पीडा, टाढा हुनुको पीडाभन्दा गहिरो हुँदो रैछ।
5
395
जब आँसुले आँखा भरिन्छन् ओठ निस्तब्ध हुदा रहेछन्'कुनै वाक्य बोल्न नसकिने रहेछन् सपना जस्तो लाग्छन ति याद बिश्वास गर्नै सकिन्न के थियो के रह्यो कहाँ थिए कहा छु अत्तोपत्तो छैन यो जिन्दगी पनि गन्तब्य बिहिन यात्री (बटुवा)को जस्तै भइरहेछ।
2
7
304
तिमी त आफ्नै संसारमा हराउछ्यौ, तर यी आँखा अझैनि तिम्रै अभावमा टिल्पीलाउँछन। हरपल तिम्रै माया खोज्ने यो सानो मनलाई कसरी सम्झाउँ Dear घोप्टी? कसैको रोजाइमा पर्न नसकेको पीडा सहन सकिन्छ, तर एउटा सानो मनले खोजिरहने मायाको खालीपन भर्न निकै गाह्रो हुँदोरैछ
9
389
मनमा तिमि बसेसी जिवनमा जो सुकै भएनि फरक पर्दैन प्रिय, यो खास्टो लास सम्मान शरीर सँग नजिकिनेहरु नजिकिन खोज्नेहरु कैयौँ थिए होलान् तर मन मस्तिष्क अनि मेरा हरेक भावनामा तिमीनै तिमि छौ Dear घोप्टी, तिमीप्रतिको समर्पण जन्मौ जन्मको हो र जुनि- जुनि सम्म रहिरहनेछ।
1
217
रातको मौनतामा, यो चकमन्न सन्नाटाको बीचमा पनि तिम्रो आवाज अझै कतैबाट सुनिएजस्तो लाग्छ, झस्किन्छु, चारैतिर हेर्छु यद्यपि सबै उस्तै साम्य! dear घोप्टी समयले धेरै कुरा बिर्सायो, तर रातले तिम्रो सम्झना कहिल्यै बिर्सेन प्रिय! थाहा त एकान्तमा हुन्छ—कसको अभाव साँच्चिकै अभाव रहेछ भनेर!
6
344
बोल्ने कुरा छैन, लेख्ने शब्द छैन। अब केही याद छैन। मनमा सबैथोक छ् र पनि दिमागमा केही छैन। सपना जस्तो लाग्छ, सम्झिन्छु तर जसो गरे पनि तिम्रो अनुहार देख्दैन। तै पनि प्रेमका केही कर्णहरु अन्तरात्मामा लुके जस्तो लाग्छ। सबैथोक विर्षेर बस्दापनि यो दिल त्यतै झुके जस्तो लाग्छ।
12
364
आजभोलि त्यो बाटो खुब हेर्छु जहाँ तिमि सधैं हिँड्थ्यौ, चुपचाप त्यही घुम्तीमा गएर बस्छु जहाँ बाट हाम्रो नजर जुध्थ्यो। उस्तै छ,बाटो उही छ धुलो,उनै हुन् ती उतिसका रूख अनि उस्तै छ तिम्रो घर! तर तिमि छैनौं,तिम्रो सामिप्यता छैन यद्यपि खुब रमाउँछु तिमी भएको सम्झनामा अनि झस्किन्छु झसङ्ग?
1
9
483
हरेक रात एक्लो हुन्छु, आँखामा निद्रा पटक्कै छैन, बोल्ने कोही छैन,तिम्रो तस्बिर बाहेक! रात समेत कुनै आवाजमा रुन्छ मसँग मनमा भएको कोही जिवनमा पनि होस र पो! तर उत्तर छैन मसँग ठिकै छु भनु कि एक्लो छु भनु या खुसी छैन भनु...🥹🥹 #डियर घोप्टी
2
14
559
दवावलाइ प्रेम सम्झिनु, कसैको स्वार्थलाइ जिन्दगी सम्झिनु अनि समाजको वन्धनलाइ भाग्य सम्झिनु आखिर यहि त भयो। पढेर मान्छे गुलाम हुन्छ भन्थे हो रहेछ, Dear घोप्टी न तिमी स्वतन्त्र छौ न त म प्रीय। कसैको पिन्जडाभित्र थुनिएको छ जिन्दगी ! साच्चै वशमा छैन यो मन!
1
5
312