Pinned Tweet
यो र त्यो नाममा निहत्था बालबालिकाको हत्यालाई सही प्रमाणित गर्न लागिरहनुभएका तपैंहरु जोसुकै भए पनि एउटा कुरा सुन्नुस्- तपैंहरू मानव बन्न बाँकी छ।
पत्रकार पक्राउ परेकाबारे-
- प्रधानमन्त्री कार्यालयलाई थाहा छैन।
- गृहमन्त्रालयलाई थाहा छैन।
- आइजिपीलाई थाहा छैन।
सञ्चारमन्त्री- पक्राउ परेका पत्रकार रिहा भइसके।
- मतलब सञ्चार मन्त्रालयले पत्रकार पक्राउ गर्न थालेको हो? 🤔
✋ देश मैले चलाइरहेको छु। मसँग विदेशी रिमोट छ, देश चलाउने। अहिले चलेको देशको बारे तपाइँका केही जिज्ञासा भए मलाई सोध्न सक्नुहुन्छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी जोड्दा लगभग १ लाख १५ हजारभन्दा बढी प्रहरी छन्। म प्रहरी हुँ भन्दै हिंड्नेको संख्या पनि होला। ती सबै कहाँ कहाँ पत्रकार, वकिल, न्यायधीश समाउँदै हिंड्लान्। अनि के प्रधानमन्त्री/गृहमन्त्री ती सबैको गोठालो लाग्न सक्छन्? विरोधका लागि जे पनि भन्दिने?
आफ्नै अकाउन्ट एकपटक लग आउट गरेर लग ईन गर्न ६ घण्टा लाग्यो 😂 डबल फ्याक्टर अथेन्टिकेसन की ऐसी कि तैसी 😀
जाबो ७ हजार मतदाता भएको पार्टीको आन्तरिक चुनावको मतगणना गरेर सक्न तीन दिन लगाउने पार्टीले देश बनाइदिन्छ, डिजिटल क्रान्ति गर्छ भनेर पत्याइदिनुपर्ने रे हामीले।
ईस्स् खुत्त्याउछौ तिमरूले 😛
कांग्रेसको पदाधिकारी र केसमा उमेदवारी दिएकाहरुको लिस्ट हेर्दा सबैजना आफ्नो आफ्नो चुनाव क्षेत्रको बुथ क्याप्चर गर्न सक्ने क्षमताका देखिन्छन् 😀
१५औं महाधिवेशन- नेकाको रुपान्तरणकालागि मेरा प्रस्ताव-
१. पार्टी सभापति- ५ जना (४ पु. १ म)
२. उपसभापति- १० जना (५ पु. ५ म)
३. महामन्त्री- १५ जना (७ पु. ८ म)
४. सहमहामन्त्री- २५ जना (१५ पु. १० म)
५. कोषाध्यक्ष- ४ जना (१ पु. ३ म)
६. केन्द्रीय सदस्य- ५०० जना (२५० पु. २५० म)
यति गरेपछि शेबदे, लाली दाइ, शेखर दा’, शशांक दा’ लाई सभापति पनि बनाए पार्टी एक ढिक्का हुन्थ्यो नि 😀
कांग्रेसमा सहमहामन्त्री १५ जना हुने
– नेपाली कांग्रेसले सहमहामन्त्रीको संख्या १५ जना बनाउने भएको छ ।
onlinekhabar.com/2026/10/203…
निरन्तरतामा क्रमभंगता, क्रमभंगतामा निरन्तरता, शान्ति सम्झौता, संघीय लोकतान्त्रिक गणतन्त्र, गणतान्त्रिक संघीय लोकतन्त्र, फेरि निरन्तरतामा क्रमभंगता, शान्ति सम्झौता। २० बर्ष हुनलाग्यो, भाषण सकिँदैन प्रचन्ह कमरेडको 😂
संयुक्त राष्ट्रसंघ महासभामा एकपटक श्री ५ महेन्द्रले सम्बोधन गरिबक्स्या थ्यो, अर्कोपटक आज श्री ५ बालेन्द्रले सम्बोधन गरिबक्स्यो। श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्। जय नेपाल।
हिजोको आत्मदाहको घट्नामा अहिलेसम्म आएका समाचारहरु सत्य हुन् भने त्यो बस सन्चालकको लाइसेन्स खारेज गरेर बस व्यवसाय चलाउन नै प्रतिबन्ध लगाइदिए हुन्छ।
जिज्ञान थापा एकदम योग्य मान्छे हुन् जापानको राजदूत हुनका लागि। मेरो एउटा मात्रै जिज्ञासा चैं के हो भने- वहाँको जापानको पिआर छ कि छैन? विदेशी पिआर भएकालाई राजदूत बनाउन त मिल्दैन होला 😉
यदि कांग्रेसले साँच्चै नयाँ र बदलिएको कांग्रेस हुने हो भने यी मिन विश्वकर्मादेखि देउवासम्मको एउटा ठूलो हिस्सा (जसमा शेखर, सशांक, पूर्णबहादुर, अपूर्णबहादुरहरु) लाई फकाउन र बोक्न छोड्नुपर्छ। यस्ता कुहिएका नेता बोकेर नयाँ नारा घन्काउनुको अर्थ रहन्नँ।











