परदेशी retweeted
कहिलेकाहीँ,
जब शून्यताको पारदर्शी ऐनामा
म आफैलाई हेर्न खोज्छु,
मलाई भ्रम हुन्छ
तिमी म बाट टाढा
कतै गएका छैनौं
तिमीले त
मेरो प्राणको ढुकढुकीबाट
मलाई नै चोरेर
मलाई म बाटै
एक मुसाफीर बनाइदिएका छौ ।💖
परदेशी retweeted
मेरो आँगनमा शिशिर ओर्लिए पनि
उनको झ्यालमा भने
जीवनभर वसन्तहरु फुलिरहून्
फूल्नु नै छ भने त्यो मुटुमा
प्रेमका कोमल
फूलहरू झुलिरहुन
लेख्नु नै छ भने पनि
उनको
जिन्दगीमा खुसी लेखिदिनु
हे भगवान्
मेरो प्रार्थनाको पहिलो अक्षरदेखि
अन्तिम विसर्जनसम्म
केवल उनी नै उनी राखिदिनु ।❤️
परदेशी retweeted
आशुतोष शशाङ्कशेखर चन्द्रमौलि चिदम्बरा,
कोटि कोटि प्रणाम शम्भू, कोटि नमन दिगम्बरा।।
निर्विकार ओंकार अविनाशी, तुम्हीं देवाधिदेव,
जगत् सर्जक प्रलयकर्ता, शिवम् सत्यम् सुन्दरा।।
निराकार स्वरूप कालेश्वर महायोगीश्वरा,
दयानिधि दानीश्वर, जय जटाधार अभयंकरा।।
शुभ प्रभात💖☕️
परदेशी retweeted
...... फेरि प्रेम गरीन्छ भने त्यो कसैलाई भूलाउनको लागी गरीन्छ र कसैलाई भूलाउन फेरी कसैको नजीक जानु पर्छ भने त्यहाँ प्रेम हैन मनको सान्तोना हुन्छ, बस केहि पलको सन्तोष हुन्छ ।।





