आईजीपी पदका लागि अयोग्य ठहरिएको व्यक्ति विशेष सुरक्षा सल्लाहकारका लागि चाहिँ कसरी योग्य भएछन्? 🤔😂
आफैँ पद सम्हाल्न अयोग्य भनिएको व्यक्तिले अरूलाई चाहिँ के सल्लाह देलान् त? कि पद फेरिएपछि योग्यता पनि स्वतः बढ्ने हो? 😁🔔
देश बनाउन,मोबाइल मा pubg दिनभरि खेल्ने,अनि जुरुक उठेर गाँजा भाङ धतुरो खाएर ठूला ठूला कुरागर्ने, देशको ढुकुटी रित्याउन र आफ्ना पोल्टामा पैसा हाल्न, पुरस्कार योजना बनाएर राष्ट्रिय ढुकुटीबाट आफ्नो ढिकुटी भर्ने, अनि सर्वसाधारण नागरिकले थाम्नै नसक्ने कर भ्याट लगाइदिने,
चस्मा खोलेको अनुहार देखेर घण्टेका केही केही बानहरू हाम्रो प्रधानमन्त्री रुँदै सम्बोधन गर्नुभयो अब लडाई झगडा नगर्नुहोस् भन्दै छन्। यो सरकारले कुखुरा मारेको जसरी गोली हानेको देख्दैनन्।
उहिले उहिले राज्यसञ्चालकहरूले यस्ता समस्या वा संकटका बेला 'राष्ट्रको नाममा सम्बोधन' शान्ति, धैर्य र सामाजिक सदभावको अपिल गर्थे।
आजकल मध्यरातमा फेसबुकको स्ट्याटस आउँछ। सरकार प्रमुख एउटो छ, अर्कोले सर्वदलीय बैठक बोलाउँछ।
आत्मदाहको विषयमा सत्यकुरा पछि थाहा होला तर देशको राजधानी जस्तो ठाउँमा जलेको मान्छेलाई कैदीलाई जस्तो लतार्दै अस्पताल लैजाँदै गरेको दृश्यको बारेमा खै त बिज्ञप्ति??
रेबिजको इन्जेक्सन - छैन ❎
रासायनिक मल - छैन ❎
स्वास्थ्य बीमा - छैन ❎
अस्पतालमा बेड - छैन ❎
बर्डफ्लु नियन्त्रण - छैन ❎
सुकुम्बासी व्यवस्थापन - छैन❎
बजेटको १६ पाना - छैन ❎
शेयर बजार वृद्धि - छैन ❎
संस्थागत स्वायत्तता - छैन ❎
बैचारिक स्पष्टता - छैन ❎
ठोस कार्ययोजना - छैन
सांसद विश्व पोखरेल (ओखलढुङ्गा) को बोली सुन्दा लाग्छ :-
लेखनाथ पौड्यालले त्यत्तिकै लेख्नुभएको होइन रहेछ।
"छोटो बढेपछि भारी फूर्ति ढाँचा बढाउँछ
उर्लँदो खहरे हेर कत्तिको गडगडाउँछ"।
यति देख्न बाँकी थियो यो पनि देखियो। धन्यवाद राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई।
ढोकामा बीपीको फोटो राखेर दाइ-भाउजूले कोठामा चलाएको असुली धन्दा अन्तत हारेछ। गज्जब भएछ। रूख सानै भए पनि अब पालुवा पलाओस् र हुर्कियोस्! एउटा संघीय सरकारमा नभए पनि ४सय हाराहारीको सरकारमा आफ्नो सुधार देखाओस्! नसुध्री अब त सुख्खै छैन। अझ पनि ल्याङल्याङ हो भने दललाई पशुपतीमा सेलाओस्!🙏