Rajaram Bartaula (@rrbartaula) header
Rajaram Bartaula (@rrbartaula) profile picture

राप्रपा ( RPP )

Nepal
Joined March 2013
Photo by Rajaram Bartaula (@rrbartaula)Photo by Rajaram Bartaula (@rrbartaula)Photo by Rajaram Bartaula (@rrbartaula)Photo by Rajaram Bartaula (@rrbartaula)Photo by Rajaram Bartaula (@rrbartaula)Photo by Rajaram Bartaula (@rrbartaula)Photo by Rajaram Bartaula (@rrbartaula)Photo by Rajaram Bartaula (@rrbartaula)Photo by Rajaram Bartaula (@rrbartaula)Photo by Rajaram Bartaula (@rrbartaula)
हत्या,हिंसा र आतंक गल्ती भन्दा पनि गौरवको बिषय बनाईयो,आतंककारिलाई दोषी होइन नायक बनाईयो,यो नसच्याय सम्म पड्किरहन्छन बम र उडिरहन्छन बारुदहरु।
39
359
6
1,092
Rajaram Bartaula retweeted
प्रधानमन्त्रीको भारत भ्रमण : अपेक्षा, सम्भावना र चुनौती सम्पूर्ण नेपाली जनताको सद्भाव र शुभकामना बोकेर प्रधानमन्त्री बालेन्द्र शाह भोलिदेखि मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ। यस अवसरमा उहाँको भ्रमणको पूर्ण सफलताको हार्दिक कामना गर्दछु। नेपाल र भारतबीच सामाजिक, सांस्कृतिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा बहुआयामिक सम्बन्ध रहिआएको छ। दुवै देशबीचको खुला सिमाना र जनस्तरमा निर्बाध आवतजावत यस सम्बन्धका विशिष्ट विशेषता हुन्। सदियौँ पुरानो घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध हुँदाहुँदै पनि स्वाभाविक रूपमा दुई देशबीच केही जटिल र संवेदनशील समस्याहरू विद्यमान छन्। विशेषगरी सीमा विवाद, व्यापार तथा पारवहनका समस्या, नेपालको तराई क्षेत्रमा हुने डुबान, असमान सन्धि–सम्झौताका विषयलगायत लामो समयदेखि समाधान हुन नसकेका थुप्रै मुद्दाहरू छन्। यी समस्याको न्यायोचित र दिगो समाधान आवश्यक छ। बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको धेरै समय भएको छैन। प्रधानमन्त्रीका रूपमा उहाँको यो पहिलो भारत भ्रमण पनि हो। त्यसैले यसै भ्रमणबाट धेरै ठूला उपलब्धिको अपेक्षा गर्नु स्वाभाविक नहुन सक्छ। भ्रमणअघि प्रधानमन्त्रीले अन्य राजनीतिक दलका नेताहरू तथा परराष्ट्र मामिलाका विज्ञ र अनुभवी व्यक्तिहरूसँग पर्याप्त परामर्श गर्नुभएको सार्वजनिक जानकारीमा आएको छैन। त्यसैले उहाँले कुन–कुन विषयलाई प्राथमिकतामा राख्नुहुनेछ र भ्रमणबाट कस्ता उपलब्धि हासिल गर्ने लक्ष्य राख्नुभएको छ भन्नेबारे नेपाली जनतामा पर्याप्त स्पष्टता छैन। तथापि, यस भ्रमणलाई अनावश्यक औपचारिकता र तामझामबाट मुक्त राख्दै नितान्त Business-like, छोटो र छरितो बनाउने प्रधानमन्त्रीको प्रयास सराहनीय छ। विगतदेखि समाधान हुन नसकेर थन्किएका महत्त्वपूर्ण, गम्भीर र संवेदनशील विषयहरूलाई यस भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीसमक्ष स्पष्ट र सशक्त रूपमा प्रस्तुत गर्न सकियो भने त्यो सकारात्मक कदम हुनेछ। साथै, ती विषयलाई आगामी दिनमा प्राथमिकताका साथ टुङ्ग्याउन निश्चित समयसीमा, उपयुक्त संयन्त्र र दुवै पक्षको प्रतिबद्धतासहितको सहमति निर्माण गर्न सकियो भने त्यसलाई यस भ्रमणको महत्त्वपूर्ण उपलब्धि मान्न सकिन्छ। पुरानै ढर्राका औपचारिक विज्ञप्ति र वक्तव्यले मात्र नेपाली जनतालाई आश्वस्त पार्न सक्दैनन् भन्ने कुरा प्रधानमन्त्रीले पक्कै बुझ्नुभएको हुनुपर्छ। आज नेपालको मुख्य प्राथमिकता आर्थिक विकास र समृद्धि हो। यसका लागि जलस्रोत, ऊर्जा, यातायात तथा कनेक्टिभिटीलगायतका क्षेत्रमा दीर्घकालीन महत्त्वका परियोजना अघि बढाउने र तिनको कार्यान्वयन सुनिश्चित गर्ने समझदारी यस भ्रमणका क्रममा हुन सक्यो भने त्यो सबैभन्दा महत्त्वपूर्ण उपलब्धि हुनेछ। भारतले हासिल गरिरहेको तीव्र आर्थिक प्रगतिसँग नेपालको आर्थिक विकासलाई जोड्ने उपयुक्त संरचना, नीति र आधार तयार गर्नेतर्फ प्रधानमन्त्रीको विशेष ध्यान जानेछ भन्ने विश्वास लिएको छु। यसका अतिरिक्त, सबैभन्दा महत्त्वपूर्ण पक्ष नेपाल–भारत सम्बन्धमा विश्वासको पुनर्निर्माण हो। विगतमा विभिन्न कारणले दुई देशबीचको सम्बन्धमा चिसोपन आएको छ। नेपाली नेताहरूका कतिपय अविश्वसनीय व्यवहार र अभिव्यक्तिका कारण द्विपक्षीय सम्बन्धमा अविश्वास र दूरी बढेको छ। केही अवधारणागत मतभिन्नताहरू पनि विद्यमान छन्। यी सबै पक्षलाई सम्बोधन गर्दै दुई देशबीच पारस्परिक सम्मान, विश्वास र समानताको बलियो आधार निर्माण गर्न प्रधानमन्त्रीले विशेष प्रयास गर्नुपर्छ। आगामी राजनीतिक परिस्थितिमा कुनै अप्रत्याशित परिवर्तन भएन भने वर्तमान सरकार कम्तीमा अर्को चार वर्षसम्म कायम रहने सम्भावना छ। त्यसैले अहिले नै सबै विषयको समाधान खोज्ने हतार गर्नुभन्दा द्विपक्षीय सम्बन्धको बलियो जग निर्माण गर्नु बुद्धिमानी हुनेछ। आज विश्वासको आधार तयार गर्न सकियो भने आगामी दिनमा प्रधानमन्त्रीले पटक–पटक भारत भ्रमण गरी द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अवसर प्राप्त गर्नुहुनेछ। अन्त्यमा, प्रधानमन्त्रीज्यूलाई मेरो एउटा विनम्र सुझाव छ—हतार नगर्नुहोस्, परिणाममुखी र दूरदर्शी दृष्टिकोण अपनाउनुहोस्। तत्कालीन प्रचारमुखी उपलब्धिभन्दा दीर्घकालीन राष्ट्रिय हितलाई प्राथमिकता दिनुहोस्। सम्बन्धको बलियो जग निर्माण गर्ने प्रयास गर्नुहोस्। विश्वास, पारस्परिक सम्मान र आर्थिक साझेदारीमा आधारित नेपाल–भारत सम्बन्ध नै दुवै देशको हितमा हुनेछ। प्रधानमन्त्रीले राष्ट्रहितमा गर्ने असल काममा मेरो व्यक्तिगत तथा हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ र सहयोग रहनेछ। @ShahBalen @MofaNepal
1
4
10
1,007
Rajaram Bartaula retweeted
आदरणीय नेता दिपक बोहोराको सम्झना:
1
3
94
राप्रपा कपिलवस्तु जिल्ला समितिद्वारा आज तौलिहवामा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम शुरु भएको छ । सबैमा हार्दिक आभार !
2
6
268
Rajaram Bartaula retweeted
नवलपुरमा थारु समुदायको उत्कृष्ट नाचबाट स्वागत गरेकोमा धन्यवाद राप्रपालाई अगाडी बढाउन लाग्नैपर्छ
3
9
296
राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुर जिल्ला कार्यसमिति द्वारा आयाेजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पुग्नुभएका राप्रपा पूर्व अध्यक्ष कमल थापा,वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे लगाएतका नेताहरूलाई भव्य स्वागत भएको छ । @KTnepal @BikramPaandey #कावासोती
1
1
4
209
Rajaram Bartaula retweeted
राप्रपा नवलपुरको कार्यकर्ता भेला तथा अन्तरर्कृया कार्यक्रम भव्यताको साथ सम्पन्न भयो। सबैलाई धन्यवाद!
2
4
65
नवलपरासी पुग्दा नेता तथा कार्यकर्ताहरुको स्वागत ग्रहण गर्नुहुदै पार्टीका नेताहरु Kamal Thapa Bikram Pandey लगायत नेताहरु । #रामग्राम सबैमा हार्दिक आभार !
1
3
120
नवलपरासी पुग्दा नेता तथा कार्यकर्ताहरुको स्वागत ग्रहण गर्नुहुदै पार्टीका नेताहरु @KTnepal @BikramPaandey लगायत नेताहरु । #रामग्राम सबैमा हार्दिक आभार !
1
1
3
166
Rajaram Bartaula retweeted
राप्रपा संगठन सुदृढिकरण अभियानको सिलसिलामा जिल्ला भ्रमण गर्दा आज फुर्सदको समयमा पार्टीका बरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेको साथमा एउटा नयाँ अनुभवको अभ्यास
3
3
2
42
6,811
आज हामी नवलपुर र नवलपरासी हुनेछौं । अनुकुल हुने सबै जोडिन सक्नुहुनेछ । हार्दिक स्वागत छ ।
4
6
340
महाकालेश्वर शिव मन्दिरमा पुजा आरती र दर्शन । #चितवन
1
3
207
Rajaram Bartaula retweeted
आज मकवानपुर र चितवनका साथीहरूलाई हार्दिक धन्यवाद ल! @KTnepal
1
6
72
राप्रपामा हार्दिक स्वागत छ । #मकवानपुर
10
579