मनिषा शाही ठकुरी retweeted
प्रेम गर्छु, माया गर्छु
यि शब्दहरु धेरै बोलिएको छ
धेरै पढिएको छ
र त गुनासो गर्छु
किनकि मन तिमीमै अडिएको छ
चुप लागेर बसे पनि
सम्झिन्छु
भावनाहरू तिमीमै जोडिएको छ
गहिरो मायाले मात्रै
मनको पहिरो रोकेन
माया त अग्लिदै
मुटुभित्रै ठडिएको छ
माया भएर त बोल्दैछु म..
#शुभप्रभात 🙏🌷💜
यदि म समय थामेर
सबथोक हारेर तिमिलाइ मागे भने तिमी आउछौ र ?
मैले दुखाएको दिल म निको पार्छु,
पहिला जस्तै फेरि एक पटक मेरो हात समाउछौ र ?
सुरुमा निश्चल, निर्मल अनि कञ्चन बनायौ,
बिस्तारै बिस्तारै मलाइ तिमिले निर्जन बनायौ
चाहिने बेला सम्हालेउ, जतन गरेउ, मुखैमा राखेउ
अहिले थुकेर फ्याक्यौ मलाइ मञ्जन बनायौ । 😳
3
1,846
मनिषा शाही ठकुरी retweeted
तिखो काँडाको पनि
एउटा मर्यादा हुन्छ
नछोइ घोच्दैन।
आगोको पनि
एउटा मर्यादा हुन्छ
नसल्काई जलाउँदैन।
मर्यादा हुन्छ
प्रेम र घृणाको
देश,काल
समय र परिस्थिति हुन्छ
कारक हुन्छ
र कारण हुन्छ।
भन त-
अकारण मलाई घृणा गर्न
तिमीलाई कुन मर्यादाले दियो?
मैले त केवल
प्रेम फिर्ता मागेको थिएँ!
😊
मनिषा शाही ठकुरी retweeted
मन भरिएर आउँदा
छेवैमा होस् कोही
र चुपचाप सुनिदेओस्
मनको वेदना।
खुसी हुँदा
रमाओस् सँगसँगै
र अङ्गालोस्
आफूतिर तानेर।
कोही एक होस्
जो खास होस्
र आसपास होस् कठिनाइहरुमा
अनि
राखिदेओस् काँधमाथि
आफ्ना मायालु हात।
अरु के चाहियो र?
हावा चलिरहोस्
खोला बगिरहोस्
बस्
त्यत्ति भए पुग्छ।
😊
सासू ससुरा संग छुट्टिएर बसेकी बुहारी आफ्नो माइत जादा
दाई भाउजुलाई भन्ने गर्छिन बा आमाको ख्याल राख्नु है । 🙃
मनिषा शाही ठकुरी retweeted
पुनश्च,
उस्तै छ सन्नाटा भित्रका चीत्कारहरु,
उस्तै छ यो दिन अनी त्रासहरु,
उस्तै छ मनमा रहेका अन्यौलताहरु,
उस्तै छ म हिड्ने गल्लिहरु,
उस्तै छ देशमा तानाशाहहरु,
उस्तै छ निमुखाको जिवनस्तरहरु,
थाहा छैन के फेरियो, न तिमी फेरियौ... वस जिवन थोत्रो भयो..!
जिन्दगी भरी कसरी बाँचेको छ भनेर कसैले सोधेन, मरेपछि कसरी मर्यो भनेर दुनियाँले सोधे, उ मर्दा पनि भारी बोकेरै मरेको थियो ।🙂
8
1,932
मनिषा शाही ठकुरी retweeted
जाई फूली सक्यो ,जुई फूलिसक्यो चमेली फूल्दैछ
किन होला कुन्नी यो मेरो मन तिमीतिर झुल्दैछ !🎼
मनिषा शाही ठकुरी retweeted
मलाई थाहा छैन
प्रेम को परिभाषा
मलाई थाहा छैन
प्रेम को व्याकरण
वा कुनै इतिहास
मलाई थाहा छैन
अथाह प्रेमले,
भरिएको सब्द,
वस,
यति मात्र थाहाछ
तिम्रो विश्वास
सुरक्षित छ!
तिम्रो अङगालो
सुरक्षित छ
अन्तिम पत्र
सुरक्षित छ
हो त्यो सपना
सुरक्षित छ!😊








