Ramesh Adhikari retweeted
Here is a detailed dissection of PM Balen's India visit by Sudeep Shrestha @sudeepshree
बालेनको भारत भ्रमणमा के भयो, के भएन? setopati.com/politics/403236
Ramesh Adhikari retweeted
हामी नेपालीहरूको बुद्धि देख्दा उदेक लाग्छ, दुःख लाग्छ, दिक्क लाग्छ , हैरान लाग्छ!
(कि मेरो कहिल्यै धन नकमाउने बुद्धि मात्र बाउँडिएको हो कि?)
"धनतेरस" पोहोर परार भन्दा पनि ठूलो र भद्दा रूपमा तेर्सिँदैछ। सरकार अन्तर्गतको पञ्चाङ्ग निर्णायक समिति ले यसलाई "धनत्रयोदशी" तोकेको छ, र नेपाल राष्ट्र बैंक सुन चाँदीका सिक्का बेच्दैछ।
खासमा कार्तिक कृष्ण त्रयोदशीलाई आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको जन्मजयन्ती मानिने भएकाले यसको नाम "धन्वन्तरी त्रयोदशी" भएको हो। तर धन खोज्नका लागि "चौथो नेत्र खोल्ने" भारतीय व्यापारीहरूले यसको पछिल्लो भाग खाइदिए र यस दिनलाई "धनतेरस" बनाइदिए। अरु सबै कुरामा महान् राष्ट्रवादी हामी नेपालीहरू भारतीयहरूलाई नक्कल गर्ने कुरामा सबभन्दा विवेकहीन हुन्छौं। अनि हामी पनि लाग्छौं - सकभर गहनाका दोकानतिर, नभए भाँडा दोकानतिर।
"धनवन्तरी" को "धन" मात्र बुझेर धनीहरूलाई अझ धनी बनाउन बजारतर्फ दौडिरहेका सबैलाई शुभकामना!
यो भिडियो📷मा बोल्ने हरिकृष्ण भण्डारीको सुझाव राम्रो लाग्यो, सामान जोडेर लक्ष्मीलाई फकाउन खोज्नमा भन्दा स्वास्थ्यरूपी धनको संवर्धन गर्नमा लाग्नु राम्रो!
youtube.com/shorts/7Z4PftLkk…
नेपालमा जलवायु परिवर्तनको अर्थराजनीति setopati.com/opinion/398784
Ramesh Adhikari retweeted
नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोजी गर्ने क्रममा नुवाकोटको एउटा सुनचाँदी पसलको गरगहना र नगद भेटेपछि सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको छ। #News
Ramesh Adhikari retweeted
On the sidelines of the @ndtv event, had a good meeting with Nepal’s Minister of Foreign Affairs, @shisir Khanal, whose background is in leading @TeachforNepal and who brings to foreign affairs a pleasant and effective communication style. A pleasure exchanging thoughts with him.
भोटेकोशी–त्रिशूलीको विनाशकारी बाढीबारे जान्नुपर्ने अहिलेसम्मका १० तथ्य
setopati.com/social/396896
Ramesh Adhikari retweeted
After 12 years, Shashi Tharoor is back at the Nepal Academy for a conversation, and the launch of the Nepali translation of Why I Am a Hindu
Ramesh Adhikari retweeted
रमेश अधिकारीकाे विचार
प्रदेशको प्रभावकारिता अभिवृद्धि कसरी?
प्रहार गर्ने कि प्रदेशलाई अधिकारसम्पन्न, जिम्मेवार र प्रशासनिक रूपले सूक्ष्म बनाउन पुनःसंरचनाको बाटो रोज्ने ? प्रदेशसभा खारेज गर्दा तत्काल केही राजनीतिक लोकप्रियता प्राप्त होला तर दीर्घकालमा पहिचान र समावेशिताको द्वन्द्व दोहोरिने जोखिम छ ।
ekantipur.com/opinion/2026/0…
Ramesh Adhikari retweeted
निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ ।
यो सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार हो । हाम्रो मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु हो ।
३% समता कर ल्याउनुको उद्देश्य दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकलाई राम्रो शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित, सिमान्तकृत तथा विपन्न बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमा विस्तार गर्नु र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु थियो । साथै, करको दायरा विस्तार गरेर अर्थतन्त्रलाई अझ व्यवस्थित बनाउने लक्ष्य पनि थियो ।
तर नागरिक तहमा समता देखिएको समता करप्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ । नागरिकको माग सुन्दै अगाडि बढ्न तथा समतामूलक समाज निर्माण गर्न हाम्रो प्रतिबद्धता अटल र स्पष्ट छ । सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र गरिने छन् । कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसलाई सुधार्न र परिमार्जन गर्न सरकार सधैं तयार रहनेछ ।
विपन्न र गरिब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले निजी अस्पतालमा १०% बेड र निजी क्याम्पस तथा विश्वविद्यालयमा १०% सिट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।
Ramesh Adhikari retweeted
आज बालेन शाह इतिहासको यस्तो दोबाटोमा उभिएका छन्, जहाँबाट उनी कि त नेपालको प्रशासनिक इतिहासकै सबभन्दा ठूलो सुधारक बन्न सक्छन्, कि त नजानीकन एउटा यस्तो नियन्त्रित संरचनाको जन्मदाता बन्न सक्छन्, जसले इतिहासमा आएको यत्रो ठूलो अवसर नै गुम्न सक्नेछ। @Rramesh7 setopati.com/opinion/392218
जब प्रधानमन्त्री कार्यालय आफै सबैभन्दा ठूलो अनुसन्धानकारी, अभियोजनकारी र कारबाही गर्ने निकाय बन्छ, तब प्रधानमन्त्री कार्यालयको गल्ती र सम्भावित बदनियतको अनुसन्धान कसले गर्ने?
setopati.com/opinion/392218
Ramesh Adhikari retweeted
रमेश अधिकारीको विचार :
१८ भूभागमा बाँडिएको काठमाडौं उपत्यकालाई एकीकृत शासकीय डोरीमा बाँध्न सके मात्रै नेपालको संविधानले परिकल्पना गरेको ‘३ स’ सहकारिता, सहअस्तित्व र समन्वयको सिद्घान्त सिंहदरबारको जगबाटै चरितार्थ हुनेछ । र, संघीयताले दिगो रूप हासिल गर्नेछ ।
ekantipur.com/opinion/2026/0…
Ramesh Adhikari retweeted
रविजीकाे महत्वाकांक्षामा लगाम नै छैन।खासमा रास्वपाका १८२ जनानै अति महत्वाकांक्षी छन। रमेश अधिकारी।
सर्टलिस्टमा निष्पक्षताको मापक के हो र कसरी बन्छ? सर्टलिस्टिङको मापदण्ड सार्वजनिक हुन्छ कि हुँदैन? आवेदकहरूको छनोटको प्रक्रिया र आधार के हो?
***
के तपाईंले राजदूत बन्न दरखास्त हाल्नुभयो? setopati.com/opinion/390671
Ramesh Adhikari retweeted
अलिकति गाली खाने काम गरूँ है?
संसद भवनको गाइजात्रे वास्तु(अ)कलाको कुरा गरेर।
आज संसदमा पनि आवाज त उठेछ तर अधिकांशलाई नयाँ संसद भवन क्या भव्य लागिरहेको होला, होइन? यो भवनको फोटो र भिडियो दुबै हेरेँ। भवन बनाउँदाका केही आधारभूत त्रुटी भनौँ है -- ता कि भविष्यमा यस्ता विशिष्ट भवन बनाउँदा यस्ता गल्ती नहोस्।
१। संसारका धेरै देशमा संसद भवन पर्यटकीय आकर्षणका केन्द्र हुन्छन्। त्यसैले ती पर्यटकहरू वरिपरी घुम्न मिल्ने ठाऊँमा बनाइन्छ। हामीकहाँ सिंहदरबारभित्र कोचेर बनाइयो, जहाँ पर्यटक जानै मिल्दैन।
२। संसद भवनलाई वास्तुकलाको विशिष्ट नमूनाका रूपमा पनि हेरिन्छ। त्यसैले त्यस्तो भवन बनाउँदा विश्वविख्यात वास्तुविद्हरूलाई भवन डिजाइन गर्न अनुरोध गरिन्छ। उदाहरण, छेऊछाऊकै छिमेकी बङ्गलादेश र पाकिस्तान छन्। त्यहाँका संसद भवनको डिजाइन विख्यात अमेरिकी वास्तुविद्हरूले गरेका थिए।
बङ्गलादेशको संसद भवन त अझ वास्तुकलाका दृष्टिले संसारका वास्तुकलाका धेरै विद्यार्थीहरूका लागि अध्ययनको एउटा विषय पनि हो।
३। काठमाडौंजस्तो हिन्दू र बौद्ध धर्मको समिश्रण-विन्दूका कारण संसारकै विशिष्ट वास्तुकलाले भरिएको शहरमा हामीले संसद भवन निर्माण गर्दा विशिष्ट वास्तुकला जन्माउने विशिष्ट अवसर त गुमायौँ नै। त्यसमा झन थप चित्त दुखेको कुरा आर्को छ।
४। संसदको मूल हल त्यति गाइजात्रे, कलाविहीन होला भनेर मैले कल्पना पनि गरेको थिइन। संसदको मूल हल कस्तो कलापूर्ण हुन्छ, त्यो हलले कसरी त्यो देशको कला-संस्कृतिलाई प्रतिविम्वित गर्छ भन्ने कुरा भवनका डिजाइनरहरूले गुगल गरेर खोजिमात्र गरीदिएको भए, त्यो हल सभागृह या प्रज्ञा प्रतिष्ठानको अलिकति परिष्कृत रूप हुने थिएन।
५। भविष्यमा यस्ता भवन निर्माण गर्ने विशेष अवसर प्राप्त हुँदा सुधार्नै नसकिने यस्ता ऐतिहासिक गल्ती नहोस् भन्नका लागि यो 'गाली खाने' सन्देश प्रेषित गरेको हुँ।
त्यसैभएर म बारम्बार भन्ने गर्छु: कलात्मक चेतबिनाको राजनीति काठमाडौं शहरजस्तो कुरूप कंक्रिटको जङ्गल हुन्छ। र त्यो संवेदना-विहिन पनि हुन्छ।
संविधान परिवर्तन गर्ने उत्साह र त्यसलाई सबैका लागि स्वीकार्य बनाउने संयमबीच सन्तुलन मिलाउन सके मात्र यो ऐतिहासिक प्रयास सफल हुनेछ।
***
के संविधान संशोधनको बाटो सहज छ? setopati.com/opinion/389888
Ramesh Adhikari retweeted
श्रीमान् प्रधानन्यायाधीश मनोज शर्माजी
आफुभन्दा वरिष्ठ ३ न्यायाधीशलाई पन्छाएर प्रधानन्यायाधीश पदमा नियुक्त हुनु भएकोमा सबैभन्दा पहिले शुभकामना दिन चाहन्छु । म आशा गर्छु, आगामी दिनमा हामी सबै भन्न सकौँ-परम्परा तोडेर नेपालमा एक यस्तो मानिसलाई प्रधानन्यायाधीश बनाइयो, जो परम्परा र नियमित ट्र्याक तोडेर पनि प्रधानन्यायाधीश पदमा आसीन गराइन साँच्चिकै योग्य थियो ।
असाधारण तरिका र गतिमा उच्च जिम्मेवारी पाएकाहरूबाट, संविधानले र समाजले त्यतिकै धेरै असाधारण क्षमता, निष्पक्षता, निर्भयता र उदार समभावको अपेक्षा गर्छ ।
तपाईको कार्यकालको समापन हुने बेला आउदा, नेपालको न्यायीक इतिहासले तपाईंमाथी, नियुक्त हुनुअघिको समर्थन–विरोधका आधारमा फैसला नगरोस अपितु गौरव गर्न सकोस भन्ने हार्दिक कामना पनि गर्दछु ।
प्रसंगवश एउटा पूरानो प्रसंग सेयर गर्न चाहन्छु । आज तपाईं जुन आसनमा बस्दै हुनुहुन्छ, त्यहाँ 'केही' कस्ता कस्ता महान न्यायमुर्तिहरु पनि बिराजमान थिए भन्ने प्रेरणाका लागी ।
आज सम्झँदा पनि छक्क पर्छु— पञ्चायतकालको सर्वोच्च अदालतले राजद्रोह लागेको बीपी कोइरालालाई रिहाइको आदेश दिन सक्थ्यो ।
महान् संविधानविद एवं बीपी कोइरालको मुद्दामा पैरवी गरेका श्री गणेशराज शर्माका कालजयी वचन छन् - ‘त्यो शासक के शासक, जसले नियुक्त गरेका न्यायाधीशहरु - भय र प्रभावमा फैसला गररुन ! मलाई जति खुसी र गौरव बीपीको रिहाइमा छ, त्यतिकै गौरव राजाले नियुक्त गरेका ती केही इमानदार, सक्षम र निर्भय न्यायाधीशहरूमा पनि छ, जसले राजद्रोहको अभियोग लागेका अभियुक्तलाई रिहाइको आदेश दिए ।’
यति भनिसकेपछि के थप्नु पर्छ र !
तपाईको नेत्रित्वमा नेपालको सर्वोच्च अदालत र न्याय विश्वास क्षेत्र, सबैले आदर र विश्वास गर्न लायक संस्था बन्न सकोस , हार्दिक शुभकामना व्यक्त गर्छु । सादर,
विजय कुमार
























