अम्बी retweeted
ग्रेटर नेपालको नक्सा टाँस्दा पनि वाह, नेपालले भारतको जमिन मिचेको छ भन्दा पनि वाह, भारतसँगको वार्तामा सीमाको विषय हटाउँदा पनि वाह ! दुनियाँसँग बहस/छलफल गर्नु तर बालेन्द्र शाहका दास र सिंहदरबार जलाउने घण्टी गिरोहका अपराधीसँग कहिल्यै बहस नगर्नु । यिनीहरूलाई कुहिएर पतन हुन दिनुपर्छ !
अम्बी retweeted
देशमा बस्नु भनेको अयोग्य हुनु हो, निकम्मा हुनु हो भन्ने भाष्य खडा गर्ने ज्ञान वितरणको सिलसिला जारी छ।
२०२३ मा वेलायत गएको मान्छे देशको पिरले मेयर उठ्न आउँदै भनेर महिमामण्डन गरिनु देशमा बस्ने अयोग्य जिनिसहरुबाट देशलाई मुक्ति दिने सत्प्रयास हो।
जय नेपाल!
अम्बी retweeted
हिजो कुनै प्रधानमन्त्री भारत वा चीन भ्रमणमा जाँदा "सीमा,सीमा"भनेर चिच्याउनेहरू आज १८० डिग्रीमा कोल्टे फेरेकाछन्।यसको अग्रसूचीमा अहिलेका प्रधानमन्त्री छन्,अनि सबै उनकै बचाउमाछन्। सीमाको कुरा उठाएनन भनेर लेख्योबोल्यो उल्टो गाली खानु परेको छ।कस्तो मुलुक अनि कस्ता जनता हुन् ?
अम्बी retweeted
अहिलेका उग्रवादी 🛎️ खासमा एमाले कांग्रेस बाट फाइदा लिएर ढाडिएका जुका हून | सिद्धान्त भन्दा पाप पखाल्न “सेफ ल्यान्डिंग” को खोजमा बसेका “पपुलिस्ट” को झुंड हो |
अम्बी retweeted
"न स्वतन्त्रताले चरीत्रवान लाई बिगार्न सकिन्छ,
न प्रतिबन्धले चरित्रहिन लाई सुधार्न सकिन्छ।"
#शुभ_बिहानी 🌻☕️
#शुभ_दिन 🙏😍👍️
अम्बी retweeted
'चीन जान एयरपोर्ट पुग्ने २० जना सांसदलाई चुटेर फोहोर फाल्ने कन्टेनरमा हाल्नुपर्छ। त्यसो गर्ने मौका नमिलेमा फर्किएपछि एयरपोर्टमै नाकको डाँडी भाँचिने गरी चुटेर २० जना सांसदलाई घिसार्दै खुलामञ्च पुर्याएर लट्काउनुपर्छ।'
- प्रतिपक्षमा भएको भए रविले बोल्ने र बालेनले लेख्ने यस्तै हो।
अम्बी retweeted
हाम्रा नयाँ सांसदहरू विदेश उड्ने मामिलामा पुरानाभन्दा निकै अगाडि देखिए। त्यसो त कामभन्दा कुरा धेरै गर्न, ढाँट्न, कुरा मिलाउन, उधुमै गरेझैँ झिनामसिना कुरालाई बढाइचढाइ गर्न र देश बनाउने गफ छाँट्न पनि यिनीहरू पुरानाभन्दा अब्बल देखिए।
खासमा, यिनलाई हाइसन्चो छ। मतदाताप्रति उत्तरदायी हुनुपरेको छैन, पार्टीप्रति उत्तरदायी हुनुपरेको छैन, भोलि के होला थाहा छैन। अपजस बोक्ने रवि, बालेन छँदैछन्। त्यसैले त हाइसन्चो छ, कुदाकुद छ र ताहुरमाहुर छ।
उनीहरूको तरिका हेर्दा लाग्छ, जुम्राले घोडा बनेको सपना देखेर हिनहिनाउँदै छ। ब्रोहरू, सपनाको रजगज अजरअमर हुँदैन है! ३५ वर्षलाई ३५ महिनाले नजितोस्, होस गरौँ।
अम्बी retweeted
थुनामा रहेका इनम सापकोटाले विभिन्न व्यक्तिलाई म्यासेज गरेको भनेर सार्वजनिक भएपछि एक युवाले आत्महत्याको बाटो रोजेछन्। हुन पनि थुनामा रहेको इनमले म्यासेज कसरी गर्थे? बयान नै नलिई गगन थापा लगायतको नाम कसरी लिन सक्थे। म्यासेजनै गरे भनेपनि उनको मोबाइल लगेर लुकाउनेले गरे होलान्।
सरकार संवेदनशील नभइदिँदा देशले एउटा नागरिक गुमायो, समाजले एउटा असल दाजुभाइ, छोरो गुमायो अनि परिवारले घरको खम्बा, आफ्नो सपना सबै गुमायो।
राज्यको दोष छ यसमा। न यो खबर कतै आयो, न कसैले लेखे, न कसैले बोले।
हार्दिक श्रद्धाञ्जली!!
अम्बी retweeted
चुनाबी क्याम्पेनमा बिचौलिया सापकोटा बालेन्द्रसँग छ।उठबस सुनील लम्सालदेखि कुमार बेनसँग छ।प्रधानन्यायाधीशदेखि प्रहरी महानिरीक्षकसम्मलाई म बालेनको मान्छे हुँ भनेर प्रस्तुत गरेको छ।उसको मान्छे भएकैले कुमार बेनले फोन लगेर म्यासेज डिलिट गर्नुपरेको छ।
अनि गगनलाई नपक्रे कसलाई पक्रने त😂
अम्बी retweeted
अदालतले आफ्नै नजिरको पालना गर्यो भने कार्की फेरि कुर्सीमा फर्किनेछन् । अच्युतकृष्ण प्रकरणमा अदालती बोलीः सरकारको निर्णय आधार, कारण र औचित्यविहिन मात्र नभई वदनियतपूर्ण भएकाले कानुनी राज्यको अवधारणा प्रतिकूल रहेको देखिँदा रितपूर्वकको निर्णय भन्न नमिल्ने ।’’
इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा
***
बेन र सापकोटाबीच मेसेज आदानप्रदान, बेनले मोबाइल लगेपछि केही मेसेज मेटिएको र केहीको स्क्रिनसट लिइएको उच्च प्रहरी स्रोतको दाबी
setopati.com/politics/401953
अम्बी retweeted
सबै 'फरक' भयो। तर बिचौलियामा 'फरक' किन नगर्ने? त्यसैले बालेन्द्रका बिचौलिया र अरु बिचौलियामा फरक छ। किनकि अरु 'बिचौलिया' देश लुट्न आएका हुन्, तर बालेन्द्रका बिचौलिया 'देश बनाउन' आएका हुन्।
नोट: यो 'स्टाटस' मैले मान्छेको लागि मात्र लेखेको हुँ। पशुसँग यसको कुनै साइनो छैन। त्यसैले पशुले कुनै आपत्ति नजनाउँदा हुन्छ।
अम्बी retweeted
This is getting ugly!
इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा
***
बेन र सापकोटाबीच मेसेज आदानप्रदान हुने गरेको, बेनले मोबाइल लगेपछि केही मेसेज मेटिएको र केहीको स्क्रिनसट लिइएको उच्च प्रहरी स्रोतको दाबी
setopati.com/politics/401953
अम्बी retweeted
आफ्नै मान्छेलाई बिचौलिया पात्र जसरी खडा गराएर प्रधानन्यायाधीश, न्यायाधीश, नेता र प्रहरीहरूसंग सम्पर्क गर्न लगाउने, अलिअलि सूचना पनि चुहाउने र पछि आफ्नै मान्छेलाई समाएजस्तो गरेर सम्पर्कमा भएजति सबैलाई विवादमा मुछेर बाटोबाट हटाउने - सक्छ त कसैले?
अम्बी retweeted
भनेपछी अलिक अस्ति बरियता मिचेर प्रधानन्याधिस नियुक्त गर्ने बेलामा मारमा परेका र सत्ताको अनुरोध र दवाव वावजुद राजिनामा नदिकन अटेर गरेर जुनिएर बनेरै भएपनी सर्बोच्चमा बसिराखेका न्याधिसहरु हटाउने हत्कण्डा रैछ यो इनम सापकोटा काण्ड !
अम्बी retweeted
आखिर प्रहरीले के गर्छ भन्ने त न प्रधानमंत्रीलाई थाहा हुने रहेछ न गृह लाई | उसो भए केपि ओलि र रमेश लेखकलाई किन लखेटेको त “लैतडी झुंड” ?
अम्बी retweeted
थुइक्क!
कुख्यात बिचौलिया इनम सोपकोटा त अभद्र व्यवहारमा पो समाइएको रहेछ।
शक्तिशाली सरकारको अनुसन्धान पनि देखियो।
अम्बी retweeted
"झापा ५ मा बालेनको चुनावी क्याम्पेनमा इनम सापकोटाको फोटो देखिनु, रास्वापाकै अहिलेका दुई मन्त्रीसँगको फोटो सार्वजनिक हुनु, रास्वापा सांसद विश्वराज पोखरेलका आफन्तको नाममा अमेरिकामा पैसा भाग लगाएको देखिनु अनि उनले प्रधानमन्त्री बालेनको नाम लिएर च्याट गर्नु!"
ओली, देउवा या प्रचण्ड प्रधानमन्त्री थिए भने गलत हो भन्न सकिन्थ्यो तर बालेनले गलत गर्न सक्दैनन्। बालेनमाथि औंला उठाइए राम्रो हुनेवाला छैन, चेतना भया!🫥
अम्बी retweeted
जोसुकैले पनि कुनै फोन नम्बरलाई ‘हरि फुयाल श्रीमान्’ भनेर सेभ गर्न सक्छ र कुराकानी गरेको भनेर स्क्रिनसट लिन सक्छ।
फोन नम्बर पनि देखिने स्क्रिनसट छैन। स्क्रिनसटकै आधारमा त्यो कुराकानी वास्तवमै न्यायाधीश हरि फुयालसँग भएको हो भनेर पुष्टि गर्न मिल्दैन।
तर यदि त्यो कुराकानी साँचै भएकै हो भने यसले त प्रधानमन्त्री सम्मलाई घिसार्नेछ!
















