लेन देन व्यापारमा मात्र चल्छ साथी भाई इस्टमित्रमा चलाउन खोज्यो भने त्यसले हाम्रा संवन्धहरू भत्काउन थाल्छ । हाम्रा हजुर वाहरूले भन्नु हुन्थ्यो “धनको मुख कालो हुन्छ। “
तिमीलाई अप्ठ्यारो पर्दा साथी सम्झेर दिएको पैसा, मलाई अप्ठ्यारो पर्दा माग्दा खुरुक्क फिर्ता दिने होइन र?
दिँदा साथीको नाताले दिएँ,
माग्दा आफ्नै पैसा मागेको हुँ।
उपकार सम्झेर दिएको थिएँ,
उपहार भनेर त दिएको थिइनँ नि!
साथी हो भने साथ देऊ,
नत्र मेरो पैसालाई तिम्रो सम्पत्ति नसम्झ!
यस्तो साथीको नाम कमेन्टमा लेख्न मन लाग्यो कि लागेन?
"पैसा दिएको साथीले देखोस्, अनि खुरुक्क फिर्ता गरोस्! ✍️
प्रमको भारत भ्रमण सकियो के पायो ? के गुमायो नेपालले विश्लेषकको जागिर खाएकाहरूले व्याख्या गर्लान । ऋण चाहि थपिएछ।हुन त नेपालीहरू ऋण लिएर विहेगर्ने जाती नै हुन ।
हाउस अफ वेकरी मालेपाटन पोखरामा । कफी पिउदै पुराना कुराहरू संझदै।कफी जस्तै स्वादिलो समयमा हामीहरू ।
2
4
117
शुभ यात्रा जनताको मनमा वसेर फर्कनु है डासाप।
हामी लाग्यौं है बझांग तिर, निशुल्क स्वास्थ्य शिविर गर्न । शुभ यात्रा भन्नुस है !
#volunteerism
#healthforall
@ekekpaila
1
24
पढदा नसकियोस भनेर पढदै थिए अर्को पेज पल्टाउन नपाउदै सकिएछ कस्तो अभागी इच्छा ।
बाल्यकालमा मेरो एउटा साथी थियो, मलाई कविता पढ्न मन पर्छ भन्ने थाहा पाएर उसको घरमा हरेक हप्ता आउने कोपिला पत्रिका सङ्गालेर राख्थ्यो र मेरो गाउँ आउने कोही भेटे पोको पारेर कोशेली स्वरुप पठाउँथ्यो
अर्को साथी थियो, एयरपोर्टमा मलाई बिदाइ गरेर घर फर्केपछि जहाज उड्ने समय पर्खेर घरको छतमा बस्थ्यो अनि प्लेन उडेपछि फोटो खिचेर म्यासेन्जरमा पठाउँदै भन्थ्यो, "तिमी बसेको जहाज मेरो घरको माथिबाट उड्दा तिमीले मलाई देख्यौ?"
हेटौँडा छँदा एउटी साथी सामान्य दिनहरूमा उसको मम्मीलाई मेरो लागि पनि खाना बनाउनू भन्थिन् । प्रायजसो त्यो साँझ म उसकोमा पुगेकै हुन्थेँ । उसलाई सर्प्राइज् दिन खोज्दा म स्वयम् सप्राइज्ड् हुन्थेँ
एउटा अर्को साथी हरेक पटक फिल्म हेर्न जाँदाको टिकट जतनले राख्थ्यो किन भनेर सोध्दा, "सम्झनाको लागि" भन्थ्यो एउटा साथीलाई ५ वर्षपछि भेटेकी थिएँ, उसले भान्सामा हुनुभको आन्टिलाई "दुई ठाउँमा खाना पस्किनु, एउटामा दाल नहाल्नू" भनीन्। मैले खासै दाल मन नपराउने ५ वर्षअघिको आफैँलाई सम्झेँ । "अहिले त मलाई दाल मन पर्छ" भन्न सकिनँ ।
तपाईंको जीवनमा पनि यस्तै मिठो र प्यारो हर्कतले माया जताउने कोही होलान् नि है ? त्यस्तो सम्झना छन् भने कमेन्टमा लेखेर याद ताजा बनाउनुस् ।
मेरा आत्मिय साथीहरू, मैले तँ/तिमीलाई खुब सम्झेको छु ✍️
60
शुभ होस । कफीको वाफ झै जिन्दगी पनि मडारिएर उडिरहेको छ । कतिवेला जम्छ र पानी वनेर खस्छ थाहा छैन। त्यसैले यी कृतिम सीमा भत्र कचकच गर्न जरूरी छैन।
सकारात्मक दृष्टिकोण भनेको समस्यालाई सबै राम्रो छ भनेर आफूलाई ढाँट्नु होइन; यथार्थलाई स्वीकार गरेर पनि सम्भावनाको ढोका खुला राख्नु हो।
हामीलाई परिस्थितिलाई सही रूपमा बुझ्ने विवेक,कठिनाइमा सम्भावना देख्ने दृष्टि र आवश्यकपर्दा आफ्नो सोच बदल्न सक्ने विनम्रता चाहिन्छ।
शुभबिहानी।🌺🙏
1
3
80
वावु खाडीमा गए ।
छोरोले हलो समायो ।
स्कुल त हुनेखाने र मध्यम वर्गको हो ।
हुदा खाने निम्न वर्गको गरिवको लागि ,
जापान अमेरिका अस्ट्रेलीय नै वारी भयो।
परदेशमा भएका हाम्रा भेटघाटहरूलाई जीवन्त राख्ने माध्यम यही त रहेछ नि ।अमेरिकाको न्यूजर्सीको घरको व्याकयार्डमा खिचिएको परिवारिक तस्वीर।
1
10
176
शुभ रात्री । मीठो सपना । मीठो निद्रा परोस ।
कूरा बुझ्नुभोनि😊
शुभरात्री सुखरात्री
मिठो निन्द्रा आओस् ❤️
#GoodnightEveryone
30
यो संसारमा उत्पतिभएका हरेक वस्तुको मूल्य छ त्यसलाई चिनेर प्रयोग कसले कति कसरी कुन वेला गर्ने भन्ने कुरा मात्र प्रयोग कर्ताको रूची आवश्यकता र प्रयोजनमा आधारित हुन्छ। नेपालमा पनि गाईभैसीलाई खुवाउने वाहेक सुन्दर ढकिया चकटी जस्ता सामाग्री वनाएर वजारीकरण समेत भैसकेको छ ।
मकैको खोसेलाको नेपालमा यसको काम सुर्ती बेर्ने र गाई भैसीलाई खान दिने तर यहा भने यसको छुट्टै मुल्य छ पसलमाअरु सामानजस्तै सजाएर राखिएको मकैको खोसेला Corn Husks 16 oz $5.99
यहाँ यसलाई Hoja Para Tamal भन्छन्।
यहाँको सबैभन्दा मन पर्ने परिकार Tamale बनाउन यही खोसेला चाहिने रहेछ।मकैको पिठो, मासु,र तरकारी हालेर यही खोसेलामा बेरेर बाफमा पकाउँछन्।खोसेलाले परिकारलाई बास्ना दिन्छ, स्वाद जोगाउँछ र आकार दिन्छ।हेर्नुस् त कस्तो उल्टो कथा ।नेपालमा खोसेलामा सुर्ती बेरेर खानेअमेरिकामा खोसेलामा तामाल बेरेर खाने ।नेपालमा खोसेला गाई भैंसीले खाने।अमेरिकामा खोसेलामा पकाएको मान्छेले खाने ।
त्यसैले त लाग्छ कुनै कुरा सानो हुँदैन।कुनै कुरा फाल्तु हुँदैन।बस त्यसको मूल्य बुझ्ने ठाउँ र मान्छे फरक हुन्छ।हाम्रो गाउँको खोसेलाले हाम्रो बालापन, हाम्रो बा-बाजेको सम्झना बोकेको छ।यहाँको खोसेलाले अर्कैको पेट भरेको छ।✍️
4
109



























