Replying to @hello_sarkar
Replying to @hello_sarkar
साथी रामचन्द्र भट्ट @Rcbhatta को तीतो अनुभव
विमानस्थलको विद्रुप शौचालय:
घरको बैठक कोठा जतिसुकै भव्य नै किन नहोस् ! तर जब म कोही कसैको घरको शौचालयमा पस्छु त्यसपछि घरको अवस्था र स्वास्थ चेतना मज्जाले बुझ्दछु ।
घर जतिसुकै भव्य भए पनि शौचालय, वाथरुम सफा छैन, पस्नै नसक्ने खालको दुर्गन्ध, पिसाबको छिटाछाटी छन् भने बैठक कोठाको भव्यता र भान्छा जतिसुकै सफा भए पनि अर्थ रहॅदैन ।
नेपालको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलको शौचालय भोगेपछि यति कुरा लेख्नै पर्ने भयो । हामी नेपालमै जन्मिएका, हुर्कि, खेलीखाई गरेकालाई त यस्तै देख्दै, भोग्दै अनि सहॅदै आएका छौं, हाम्लाई त्यति असहज नलाग्न पनि सक्छ । तर पर्यटकहरुले के सोच्लान् ? न ट्वाइलेट पेपर छ, न पानीको मग छ, न त हात धुने साबुन छ ! ऐना भरि फोहोर जमेर आफ्नो अनुहार समेत देखिदैन । जताततै पानी बगिरहेको छ । दुर्गन्ध त्यस्तै छ ।
हिजो कतार एअरको फ्लाइटबाट काठमाडौं झरेपछि TIA को ट्वाइलेट अवस्था देख्दा सॅगै आएका केहि क्यानेडिएन, केही जर्मन पर्यटकले कस्तो महसुस गरे होलान् ? जर्मन पर्यटक त शौचालय हलमै झण्डै चिप्लिएको !
शौचालय सफाई गरिरहने कर्मचारी TIA ले किन राख्न सक्दैन ? विकसित देश त TIA का हाकिमहरुले घुमेकै होलान् ! त्यही दोहाको एअरपोर्टमै पनि सरसफाईमा रोजगारी गरिरहेका नेपालीहरु थुप्रै भेटिए । नेपाल प्रवेशको हवाईविन्दु विमानस्थलको फोहोर, कर्मचारीको गैर व्यवसायीक चरित्र र ढिलासुस्ती हेर्न दुई घण्टा मात्र देख्दा पनि धेरै भोगे जस्तो महसुस भएको मलाई मात्र हो कि तपाईहरुलाई पनि हो ?
अधिकांश देशको ब्यागेज क्लेममा अध्यागमन पार गरेर यात्रु नआइपुग्दै ब्यागेज-कारासोलमा लगेज आइपुग्छन् । तर, TIA मा कम्तिमा दुई घण्टा लाग्छ ।
जेन्जी सरकार बनेपछि उल्का सुधार आएको छ भन्थे । डेढ वर्ष अघि आउॅदा जस्तो भोगेको र देखेको अहिले पनि उही, उस्तै भोगियो !
अँ.. एउटा कुरा चाहि परिवर्तन देखियो - अध्यागमनका पुरुष कर्मचारीले शीरमा ढाका टोपी चाहि हरेकले लगाउनु भएको थियो । यही परिवर्तन देखियो ।
अरु केही नगरे पनि शौचालयको सुधार होस् र ब्यागेज कुर्दाकुर्दै सरकारलाई गाली गर्नुपर्ने वातावरण चाहि हटिदिए हुन्थ्यो ।
खसेको सदर मतको झन्डै दुई तिहाई (४१९४) मत सहित नेपाली कांग्रेसको १५औ महाधिवेशनबाट गरिमामय महामन्त्री पदमा निर्वाचित हुनु भएकोमा प्रिय दाइ प्रदीप पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना ।
Replying to @mahatsujit @kirannepal
किरण दाजुको मैले पनि आज दर्शन पाएको थिए ।
६९ औं मदन पुरस्कार समारोह (२०८३/०६/२५)
जगदम्बा श्री-श्री किरण खरेल तथा मदन पुरस्कार-श्री वीणा जोशीलाई अर्पण गरिएको छ ।
Nirmal Aryal retweeted
स्थायी वसोवास त जोरपाटी, काठ्माडौं हो । जन्म चाँही कुपण्डोल रहेछ, रतनजीको यो पोस्टबाट जानकारी भयो । मावलीमा जन्म्या हो ? के हो जानकारी गराउ त @devimarga भाई !
















