नेपाली कांग्रेस सभापति गगन थापा (@last__optimist) header
नेपाली कांग्रेस सभापति गगन थापा (@last__optimist) profile picture

Reform over rhetoric.

Joined July 2023
Photo by नेपाली कांग्रेस सभापति गगन थापा (@last__optimist)Photo by नेपाली कांग्रेस सभापति गगन थापा (@last__optimist)Photo by नेपाली कांग्रेस सभापति गगन थापा (@last__optimist)Photo by नेपाली कांग्रेस सभापति गगन थापा (@last__optimist)Photo by नेपाली कांग्रेस सभापति गगन थापा (@last__optimist)Photo by नेपाली कांग्रेस सभापति गगन थापा (@last__optimist)Photo by नेपाली कांग्रेस सभापति गगन थापा (@last__optimist)Photo by नेपाली कांग्रेस सभापति गगन थापा (@last__optimist)Photo by नेपाली कांग्रेस सभापति गगन थापा (@last__optimist)Photo by नेपाली कांग्रेस सभापति गगन थापा (@last__optimist)
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
आज बिहान बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्‍याउनुका साथै न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुलसमेत बगाएको खबरले दुःखी बनाएको छ। बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न हार्दिक अनुरोध गर्दछु। यस विपद्को घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न पार्टीका सम्पूर्ण साथीहरूलाई अपिल गर्दछु।
3
25
238
19,071
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रिया सुरु भएको छ। हिजोका लागि तय भएको निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो हुन पुग्यो। यसबाट सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूमा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौँ। यस महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासमा सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले सहभागी हुन आग्रह गर्दछु। यसैबीच, विभिन्न उम्मेदवारहरूको सूचीलाई मेरो नामसँग जोडेर प्रचारप्रसार भइरहेको कुरा सुन्न र देख्न आएको छ। यस सन्दर्भमा स्पष्ट हुन आग्रह गर्दछु। यो पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया हो। यसपटक कुनै पनि प्यानल वा गुट छैन। मेरो नाम जोडेर आएको लिष्ट भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन होला। कुनै पनि अफवाहमा नलाग्नुहोला। सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई कुनै पनि भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यान दिई आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न म आग्रह गर्दछु। मलाई विश्वास छ, तपाईंहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउनेछ। जय नेपाल!
19
24
6
276
27,841
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
सम्पूर्णमा अपिल
13
123
5
700
43,146
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
नयाँ–पुराना सबै शक्ति एकातिर, गगन थापा एकातिर। घेराबन्दीले बाटो छेक्न सक्छ, तर गगन थापाको यात्रा रोक्न सक्दैन। राष्ट्रिय–अन्तर्राष्ट्रिय चुनौतीका पहाड चिर्दै, बाधा पन्छाउँदै देशलाई नयाँ दिशामा डोर्याउने साहस, क्षमता र दृढता भएको नेतृत्व हो! @thapagk जय नेपाल 🙏❤️🔥
7
15
2
79
2,075
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
सामाजिक सद्भाव र भाइचारा कायम राख्न म सबैमा हार्दिक अपिल गर्दछु। जय नेपाल!
60
118
5
600
25,107
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
सबैमा संयमित भएर सामाजिक सद्भाव कायम राख्न हार्दिक अपिल गर्दछु।
43
123
11
578
28,611
हामी सबै जिम्मेवार बन्नुपर्छ। सामाजिक सद्भावका लागि सबैमा अपिल।🙏 #Gaganthapa #Nepalicongress #Jaynepal
1
16
152
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
No matter what , this is unacceptable. No if , No but.
42
37
8
351
49,295
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
हरेक वर्ष तपाईंहरू रातोपुलस्थित मेरो घरमा आएर जन्मदिनको खुसी साट्नुहुन्थ्यो। यसपटक भने तपाईंहरूलाई अर्कै ठाउँमा निमन्त्रणा गर्न चाहन्छु। श्रावण ६ गते, बीपी स्मृति दिवसको अवसरमा, हामीले जलवायु जनचेतनाका लागि “Green Run” आयोजना गरेका छौं। यही कार्यक्रममा हामी एउटा अर्थपूर्ण र पुण्य कार्यको घोषणा पनि गर्नेछौं। यस वर्ष मेरो जन्मदिनको शुभकामना पनि त्यही कार्यक्रममा तपाईंहरूबाटै लिनेछु। भेटौं, श्रावण ६ गते। बिहान ६:०० बजे स्थान: UN Park
10
22
3
205
19,584
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
श्रावण ४। मेरो लागि वर्षकै सबैभन्दा विशेष दिन। मेरो जन्मदिन भएकाले होइन, तिम्रो जन्मदिन भएकाले। कहिले आत्मविश्वास डगमगायो, कहिले हिम्मत कम भयो। तर हरेक पटक तिमी मेरो साथमा उभियौ। मेरो भरोसा बनेर, मेरो शक्ति बनेर, मेरो हिम्मत बनेर। कठिन समयमा हात नछोडेकोमा A big thank you. Happy Birthday, my love ❤️ जन्मदिन त हामी दुवैको हो, तर आजको शुभकामना सबैभन्दा पहिले तिमीलाई।
152
23
13
724
83,631
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
गणेश नेपालीको घटनाले स्तब्ध बनाएको छ। यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण हो। यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। उहाँहरूलाई यो असह्य पीडा सहने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु। यससँगै सबैमा एउटा विनम्र अनुरोध छ। यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन। यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो। यस कठिन घडीमा गणेशजीका आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ, कसरी उनीहरूको दुःखमा केही भए पनि मल्हम लगाउन सकिन्छ भन्नेबारे आ–आफ्नो ठाउँबाट सोचौँ र सक्दो सहयोग गरौँ। विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाऔँ। हामीले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्छ। एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन्? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौँ? यी प्रश्नहरूको इमानदार उत्तर खोज्नु र भविष्यमा कुनै पनि नागरिकले यस्तो बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुनेछ।
42
113
40
448
78,026
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
With party president @thapagk
14
14
1
344
7,905
बिपि कोइरालाले स्थापित गर्नुभएको लोकतान्त्रिक मूल्य र मान्यतालाई निरन्तरता दिदै पार्टी सभापति गगन कुमार थापा। #GaganThapa #BPkoirala #𝗝𝗮𝘆𝗡𝗲𝗽𝗮𝗹
2
95
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
प्रिय @hamrorabi जी, सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी, तथा रास्वपा परिवार, हार्दिक शुभकामना! राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा तपाईं र सम्पूर्ण रास्वपा परिवारलाई हार्दिक शुभकामना! पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ। तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ। यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो। यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु। तपाईंको आगामी राजनीतिक यात्रा तथा रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु। जय नेपाल!
89
61
36
824
97,330
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
नीति तथा कार्यक्रम ल्याउने समय बदलिनु पर्छ, बनाउने तरिका बदलिनु पर्छ, यस भित्र रहने अन्तरवस्तु पनि बदलिनु पर्छ। नीति तथा कार्यक्रममा संसद भित्र हुने छलफललाई अझै पनि यसै गरी अघि बढाउने हो भने, तिनलाई लिएर संसद भित्र छलफल गर्नुको कुनै औचित्य रहँदैन। सरकारलाई गर्नु भएन भनेको हैन, सँगै गरौँ भनेको हो। हामीले काम गर्ने तरिका बदलिनै पर्छ।
118
241
119
1,087
304,084
उर्जा र अनुभवको सहि संयोजन- गतिशील अनि सुदृढ कांग्रेस।#Nepalicongress
7
2
2
28
1,706
यदि सरकारले संबैधानिक परिषद सम्बन्धि अध्यादेश ल्यायो भने,त्यसको सबैभन्दा प्रखर आलोचकको रुपमा मलाई पाउनुहुन्छ: सत्तापक्ष सांसद हुँदा गगनको अडान र सिद्धान्त प्रतिको प्रतिबद्धता! #Consistent_Gagan
5
7
1
42
3,605
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
वेदना र हिंसाभन्दा माथि उठेर करुणा र सद्भावको बाटो रोज्नु नै बुद्धप्रतिको सच्चा सम्मान हो। बुद्ध जयन्तीको यस विशेष दिनमा रिस र राग त्यागी सबैको मनमा शान्तिको दीप जलिरहोस्। साथै, प्रकृति पूजक किराँत समुदायको महान् पर्व उभौलीको उपलक्ष्यमा सम्पूर्णमा 'सेवाङ्ली' तथा हार्दिक शुभकामना व्यक्त गर्दछु। बुद्धको शान्तिको सन्देश र प्रकृतिप्रतिको हाम्रो मौलिक संस्कारबीचको यही समन्वय नै हाम्रो वास्तविक पहिचान र सुन्दरता हो। हाम्रो संस्कृति, आपसी एकता र सामाजिक सद्भाव सधैं अटल रहोस्। शुभकामना!
19
35
2
255
7,238