नेपाली कांग्रेस सभापति गगन थापा (@last__optimist) header
नेपाली कांग्रेस सभापति गगन थापा (@last__optimist) profile picture

Reform over rhetoric.

Joined July 2023
Photo by नेपाली कांग्रेस सभापति गगन थापा (@last__optimist)Photo by नेपाली कांग्रेस सभापति गगन थापा (@last__optimist)Photo by नेपाली कांग्रेस सभापति गगन थापा (@last__optimist)Photo by नेपाली कांग्रेस सभापति गगन थापा (@last__optimist)Photo by नेपाली कांग्रेस सभापति गगन थापा (@last__optimist)Photo by नेपाली कांग्रेस सभापति गगन थापा (@last__optimist)Photo by नेपाली कांग्रेस सभापति गगन थापा (@last__optimist)Photo by नेपाली कांग्रेस सभापति गगन थापा (@last__optimist)Photo by नेपाली कांग्रेस सभापति गगन थापा (@last__optimist)Photo by नेपाली कांग्रेस सभापति गगन थापा (@last__optimist)
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
आज बिहान बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्‍याउनुका साथै न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुलसमेत बगाएको खबरले दुःखी बनाएको छ। बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न हार्दिक अनुरोध गर्दछु। यस विपद्को घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न पार्टीका सम्पूर्ण साथीहरूलाई अपिल गर्दछु।
3
25
238
19,071
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रिया सुरु भएको छ। हिजोका लागि तय भएको निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो हुन पुग्यो। यसबाट सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूमा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौँ। यस महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासमा सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले सहभागी हुन आग्रह गर्दछु। यसैबीच, विभिन्न उम्मेदवारहरूको सूचीलाई मेरो नामसँग जोडेर प्रचारप्रसार भइरहेको कुरा सुन्न र देख्न आएको छ। यस सन्दर्भमा स्पष्ट हुन आग्रह गर्दछु। यो पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया हो। यसपटक कुनै पनि प्यानल वा गुट छैन। मेरो नाम जोडेर आएको लिष्ट भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन होला। कुनै पनि अफवाहमा नलाग्नुहोला। सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई कुनै पनि भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यान दिई आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न म आग्रह गर्दछु। मलाई विश्वास छ, तपाईंहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउनेछ। जय नेपाल!
19
24
6
276
27,841
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
सम्पूर्णमा अपिल
13
123
5
700
43,146
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
नयाँ–पुराना सबै शक्ति एकातिर, गगन थापा एकातिर। घेराबन्दीले बाटो छेक्न सक्छ, तर गगन थापाको यात्रा रोक्न सक्दैन। राष्ट्रिय–अन्तर्राष्ट्रिय चुनौतीका पहाड चिर्दै, बाधा पन्छाउँदै देशलाई नयाँ दिशामा डोर्याउने साहस, क्षमता र दृढता भएको नेतृत्व हो! @thapagk जय नेपाल 🙏❤️🔥
7
15
2
79
2,075
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
सामाजिक सद्भाव र भाइचारा कायम राख्न म सबैमा हार्दिक अपिल गर्दछु। जय नेपाल!
60
118
5
600
25,107
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
सबैमा संयमित भएर सामाजिक सद्भाव कायम राख्न हार्दिक अपिल गर्दछु।
43
123
11
578
28,611
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
No matter what , this is unacceptable. No if , No but.
42
37
8
351
49,295
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
हरेक वर्ष तपाईंहरू रातोपुलस्थित मेरो घरमा आएर जन्मदिनको खुसी साट्नुहुन्थ्यो। यसपटक भने तपाईंहरूलाई अर्कै ठाउँमा निमन्त्रणा गर्न चाहन्छु। श्रावण ६ गते, बीपी स्मृति दिवसको अवसरमा, हामीले जलवायु जनचेतनाका लागि “Green Run” आयोजना गरेका छौं। यही कार्यक्रममा हामी एउटा अर्थपूर्ण र पुण्य कार्यको घोषणा पनि गर्नेछौं। यस वर्ष मेरो जन्मदिनको शुभकामना पनि त्यही कार्यक्रममा तपाईंहरूबाटै लिनेछु। भेटौं, श्रावण ६ गते। बिहान ६:०० बजे स्थान: UN Park
10
22
3
205
19,584
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
श्रावण ४। मेरो लागि वर्षकै सबैभन्दा विशेष दिन। मेरो जन्मदिन भएकाले होइन, तिम्रो जन्मदिन भएकाले। कहिले आत्मविश्वास डगमगायो, कहिले हिम्मत कम भयो। तर हरेक पटक तिमी मेरो साथमा उभियौ। मेरो भरोसा बनेर, मेरो शक्ति बनेर, मेरो हिम्मत बनेर। कठिन समयमा हात नछोडेकोमा A big thank you. Happy Birthday, my love ❤️ जन्मदिन त हामी दुवैको हो, तर आजको शुभकामना सबैभन्दा पहिले तिमीलाई।
152
23
13
724
83,631
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
गणेश नेपालीको घटनाले स्तब्ध बनाएको छ। यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण हो। यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। उहाँहरूलाई यो असह्य पीडा सहने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु। यससँगै सबैमा एउटा विनम्र अनुरोध छ। यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन। यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो। यस कठिन घडीमा गणेशजीका आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ, कसरी उनीहरूको दुःखमा केही भए पनि मल्हम लगाउन सकिन्छ भन्नेबारे आ–आफ्नो ठाउँबाट सोचौँ र सक्दो सहयोग गरौँ। विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाऔँ। हामीले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्छ। एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन्? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौँ? यी प्रश्नहरूको इमानदार उत्तर खोज्नु र भविष्यमा कुनै पनि नागरिकले यस्तो बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुनेछ।
42
113
40
448
78,026
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
With party president @thapagk
14
14
1
344
7,905
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
प्रिय @hamrorabi जी, सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी, तथा रास्वपा परिवार, हार्दिक शुभकामना! राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा तपाईं र सम्पूर्ण रास्वपा परिवारलाई हार्दिक शुभकामना! पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ। तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ। यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो। यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु। तपाईंको आगामी राजनीतिक यात्रा तथा रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु। जय नेपाल!
89
61
36
824
97,330
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
नीति तथा कार्यक्रम ल्याउने समय बदलिनु पर्छ, बनाउने तरिका बदलिनु पर्छ, यस भित्र रहने अन्तरवस्तु पनि बदलिनु पर्छ। नीति तथा कार्यक्रममा संसद भित्र हुने छलफललाई अझै पनि यसै गरी अघि बढाउने हो भने, तिनलाई लिएर संसद भित्र छलफल गर्नुको कुनै औचित्य रहँदैन। सरकारलाई गर्नु भएन भनेको हैन, सँगै गरौँ भनेको हो। हामीले काम गर्ने तरिका बदलिनै पर्छ।
118
241
119
1,087
304,084
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
वेदना र हिंसाभन्दा माथि उठेर करुणा र सद्भावको बाटो रोज्नु नै बुद्धप्रतिको सच्चा सम्मान हो। बुद्ध जयन्तीको यस विशेष दिनमा रिस र राग त्यागी सबैको मनमा शान्तिको दीप जलिरहोस्। साथै, प्रकृति पूजक किराँत समुदायको महान् पर्व उभौलीको उपलक्ष्यमा सम्पूर्णमा 'सेवाङ्ली' तथा हार्दिक शुभकामना व्यक्त गर्दछु। बुद्धको शान्तिको सन्देश र प्रकृतिप्रतिको हाम्रो मौलिक संस्कारबीचको यही समन्वय नै हाम्रो वास्तविक पहिचान र सुन्दरता हो। हाम्रो संस्कृति, आपसी एकता र सामाजिक सद्भाव सधैं अटल रहोस्। शुभकामना!
19
35
2
255
7,238
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
“सीमामा रु। १०० सीमा!” वर्षौदेखि निष्क्रिय रहेको भन्सार प्रावधानको कडाइका साथ कार्यान्वयनले सीमावर्ती जनजीवनमा पारेको बहुआयामिक प्रभावबारे गम्भीर सार्वजनिक विमर्श अपरिहार्य भएको छ। यही सन्दर्भमा ग्रीन टेबल —नेपाली कांग्रेसको पहलमा एक उत्तरदायी, तथ्याधारित र नीतिमुखी संवाद मञ्चका रूपमा प्रस्तुत हुँदैछ। यस श्रृंखलाले सीमामा बसोबास गर्ने नागरिकका अनुभव, सरोकार र आवाजलाई नीति निर्माणको केन्द्रसम्म पुर्‍याउने उद्देश्य राख्दछ। केवल प्रश्न उठाउने होइन, यथार्थमा आधारित समाधानका संरचनागत विकल्पहरू प्रस्ताव गर्दै, सार्वजनिक अभिलेख निर्माण र उत्तरदायित्वको संस्कृतिलाई सुदृढ बनाउने यसको प्रमुख लक्ष्य हो। ग्रीन टेबल — जहाँ लोक र राज्यबीच अर्थपूर्ण संवाद हुन्छ।
33
28
13
165
10,622
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
सर्लाहीको सीमावर्ती क्षेत्र मधुवनीबाट भर्खरै फर्किएको छु। त्यहाँका नागरिकहरूसँगको अन्तर्क्रिया पछि एउटा गहिरो छटपटी र आक्रोश मनमा लिएर फर्किएको छु। कागजमा सीमित रहेको, तर हालै संघीय सरकारले कडाइका साथ लागू गर्न खोजेको "१०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने" अव्यवहारिक आदेशले सीमा क्षेत्रका नागरिकको दैनिकी कति कष्टकर बनाएको छ भन्ने कुरा भुक्तभोगीलाई मात्र थाहा छ। त्यहाँ मैले केही यस्ता दृश्य र आवाजहरू सुनेँ, जसले राज्यको चरित्रमाथि नै प्रश्न उठाउँछन्: • बिहान कामका लागि सीमा पार गर्ने एक ज्यालादारी मजदुरलाई एउटा बिस्कुटको प्याकेटका कारण दुई घण्टा रोकिनुपर्‍यो। • एक महिलाले चिन्तित हुँदै भन्नुभयो— “पहिला हामी सम्मानका साथ सीमा पार गर्थ्यौँ, अहिले डरका साथ पार गर्छौँ।” सीमा क्षेत्रले भोगिरहेको यो असहजताको गह्रौँ भारी मसँगै फर्कँदैछ। एक इमानदार राजनीतिज्ञको हैसियतले म सत्य स्वीकार गर्छु— यो व्यवस्था हिजो मात्र आएको होइन। यो विभिन्न सरकारका पालामा, र मेरो आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा समेत कानूनका पानामा रहिरह्यो। तर, यो कानून कति अव्यवहारिक छ भन्ने बुझेर नै हामीले यसअघि यसलाई लागू गर्न दिएका थिएनौँ। तथापि, समयमै यसलाई सुधार्न नसक्नु हाम्रो कमजोरी थियो। त्यो कमजोरी स्वीकार गर्ने र सच्याउने जिम्मा अब हाम्रै हो। यो नागरिकमैत्री नीति हुँदै होइन, यो एक प्रकारको 'हेपाहा नीति' हो। यो मधेसको दैनिकीमा लागेको घाउ हो। नियमित आवतजावतलाई शङ्कामा बदलिएको छ र नागरिक सम्मानलाई अपमानित तुल्याइएको छ। स्वयम् भन्सार विभागले स्वीकार गरेको छ कि यसबाट उल्लेखनीय राजस्व उठ्दैन। त्यसो भए यो दुःख आखिर किन र कसका लागि? राज्यले मधेसका हरेक भान्सामा अवरोध खडा गरेको छ। यसको मार महिला, विद्यार्थी, किसान र श्रमिक वर्गमाथि परेको छ। सरकारसँग मेरो स्पष्ट माग छ: यो अव्यवहारिक निर्णय तत्काल फिर्ता लिइयोस्। सीमामा पहिले जस्तो सहजता थियो, त्यसलाई कम्तीमा सुनिश्चित गरियोस्। सीमान्त क्षेत्रहरू राष्ट्रका किनारा मात्र होइनन्; ती अर्थतन्त्र, संस्कृति र विश्वासका जीवित सङ्गम हुन्। जब नीतिले यो संवेदनशीलता बिर्सन्छ, त्यसले देशका सीमामा उभिएर देश सम्हाल्ने नागरिकहरूलाई नै सजाय दिन्छ।
76
48
23
294
15,979
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन लाग्नुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा सफलताको हार्दिक शुभकामना। तपाईँको मेहनत र आत्मविश्वासले अवश्य पनि सुखद नतिजा ल्याउनेछ। धैर्य र शान्त भएर परीक्षा दिनुहोला। उज्ज्वल भविष्यको कामना।
14
17
9
233
13,132
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा यूएईलाई ३७ रनले पराजित गर्न सफल नेपाली टोलीलाई हार्दिक बधाई, साथै आगामी खेलका लागी शुभकामना।
13
24
3
280
9,541
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
कोशी प्रदेश स्तरीय चुनावी समिक्षा लाई सम्बोधन गर्दै सभापति गगन थापा
1
22
236
नेपाली कांग्रेस सभापति गगन थापा retweeted
सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ। यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो। पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आ-आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने मेरो विश्वास छ। पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठुलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु। पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको छ। महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरौँ। अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब हामी सबै एक ढिक्का भएर अघि बढौँ। जय नेपाल!
52
88
12
567
25,021